काठमाडौं,७ फागुन । नेपाली कांग्रेसको पदाधिकारी बैठक आह्वान भएको छ । पार्टी सभापति शेरबहादुर देउवाले निजी निवास धुम्बाराहीमा बैठक डाकेका हुन् ।
कांग्रेसको महासमिति बैठक आजबाट सुरु भएको छ । महासमितिका लागि सांगठनिक प्रस्ताव पार्टी महामन्त्री गगन थापाले लेखेका थिए । गगनले प्रतिवेदनमा लेखेका कतिपय कुरामा सभापति देउवाको असमझदारी रहेको छ ।
महामन्त्रीको प्रतिवेदनमा सभापति कै असन्तुष्टि रहेपछि पदाधिकारी बैठक डाकिएको हो । पदाधिकारी बैठकमा महामन्त्री थावाले ल्याएको प्रस्तावलाई सर्वसम्मत बनाउन प्रयास गर्ने बताईएको छ ।
गत फागुन ३ गते केन्द्रीय समिति बैठकमा पेस गरेको प्रस्तावबाट त्यो विषय हटाउन दबाब सुरु गरेको अध्यक्ष देउवाले महामन्त्री थापासँग धेरैपटक छलफल गरिसकेका छन् । महामन्त्री थापाले भने चुनावी गठबन्धन नगर्ने विषय पार्टी हित विपरीत भए महासमिति बैठकबाटै खारेज गरिदिन चुनौती गरिरहेका छन् ।