Logo

राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरु पौडेल भन्छन्, ‘अफवाहजस्तो जटिल परिस्थिति कुनैपनि बैंकमा छैन’



काठमाडौं, ७ फागुन । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरु पौडेलले बैंक डुब्छ, निक्षेपकर्ताको बिचल्ली हुन्छ जस्ता अफवाहहरु फैलिरहेको बताएका छन् । महिला आर्थिक पत्रकार संघ (फेजा) ले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्ता प्रकारका अफवाहलाई राष्ट्र बैंकले निगरानी गरिरहेको बताएका छन् ।

यदि कुनै संस्था कमजोर भयो वा समस्याग्रस्त भएर सर्वसाधारणको निक्षेप पनि फिर्ता गर्ने नसक्ने अवस्थामा पुग्दैछ वा समस्यामा पर्न सक्छ भन्ने राष्ट्र बैंकलाई लाग्नसाथ बैंकले सो संस्थाको वित्तीय अवस्था निरिक्षण थाल्ने उनको भनाइ छ । अहिलेको अवस्थामा बैंक तथा वित्तीय संस्थाहरुमा त्यस्तो प्रकारको समस्या नभएकै कारण राष्ट्र बैंकले केही नबोलेको उनले बताए । अहिले बाहिर अफवाह फैलिएकोजस्तो जटिल परिस्थिति नरहेको उनले बताए । अहिले सर्वसाधरण आत्तिनुपर्ने कुनै कारण नै नरहेको उनको भनाइ छ ।

‘अहिले सुनिएको अफवाहजस्तो जटिल परिस्थिति राष्ट्र बैंकले देखेको छैन । अहिलेसम्म कुनै पनि संस्थाको बारेमा बैंकले समस्याग्रस्त हो नभनेसम्म सर्वसाधारण आत्तिनुपर्ने अवस्था छैन,’– उनले भने ।

राष्ट्र बैंकले समस्याग्रस्त हो भनेर नभनेसम्म उक्तसंस्था बलियो रहेको र जनताको निक्षेप सुरक्षित छ भनी बुझ्नु पर्ने उनले बताए । राष्ट्र बैंकले इजजात प्रदान गरेका संस्थाहरु सुरक्षित रहेको भन्दै उनले सर्वसाधरणलाई कारोबार गर्दा ढुक्क हुन आग्रह गरे । राष्ट्र बैंकले इजजात दिएका बैंक तथा वित्तीय संस्थाहरुको वित्तीय अवस्था जनाउ दिने सूचकहरु विशेष निगारानीमा राखिने उनले बताए । कुनै संस्था समस्याग्रस्तको अवस्था आएमा राष्ट्र बैंकले आफैँ व्यवस्थापन टेकओभर गरेर सञ्चालन गर्न सक्ने उनको भनाइ छ । राष्ट्र बैंक केही नबोलेको अवस्थामा निक्षेपकर्ता डुब्ने भन्ने कुरा नै नआउने उनले बताए ।



प्रतिक्रिया दिनुहोस्