Logo

सङ्घीय गणतन्त्र विश्वको उत्कृष्ट व्यवस्था होः मुख्यमन्त्री कार्की



काठमाडौं, ७ फागुन । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले जनताको ठूलो बलिदानबाट आएको प्रजातन्त्रको रक्षा गर्न हामी सबै लाग्नुपर्ने बताएका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय परिसरमा आज आयोजित ७४औँ राष्ट्रिय प्रजातन्त्र दिवस समारोहमा उनले प्रजातन्त्र प्राप्तिका कारण जनताले आफ्नो हकअधिकार र स्वतन्त्रता प्राप्त गरेको बताए ।

मुख्यमन्त्री कार्कीले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको जग २००७ सालको क्रान्तिबाट निर्माण भएको चर्चा गर्दै शासन व्यवस्थाले सहिदको मार्गदर्शन, जनताको आवश्यकता र आकांक्षालाई मूर्त रुप दिनुपर्नेमा जोड दिए । उनले सङ्घीय गणतन्त्र विश्वको उत्कृष्ट व्यवस्था भएको चर्चा गर्दै यसको सफल कार्यान्वयन गर्न जनताप्रति उत्तरदायी हुनु जरुरी रहेको बताए ।

मुख्यमन्त्री कार्कीले प्रदेश सरकार जनताको हो भन्ने अनुभूति गराउन गरिब छात्रछात्राका लागि निःशुल्क छात्रवृत्तिको कार्यक्रम सुरु गरेको बताए ।



प्रतिक्रिया दिनुहोस्