Logo

कांग्रेस महासमिति बैठकः महामन्त्री विश्वप्रकाश शर्माले पेश गरेको राजनीतिक प्रस्तावमा के छ ?



काठमाडौं, ८ फागुन । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले महासमिति बैठकमा समसामयिक राजनैतिक प्रस्ताव पेश गरेका छन् । महामन्त्री शर्माले केन्द्रीय कार्यसमितिको बैठकमा प्राप्त सुझावको आधारमा परिमार्जित प्रस्ताव पेश गरेका हुन् ।

महासमिति बैठकमा महामन्त्री शर्माले पेश गरेको प्रतिवेदनमा गठबन्धनप्रति सबै दल प्रतिवद्ध रहेको उल्लेख छ । महामन्त्री शर्माले ०७९ को निर्वाचनपछि पुस १० गते अनपेक्षित रुपमा गठबन्धन भत्किएको र राष्ट्रपति निर्वाचनमा पुग्दै गर्दा पुन ट्रयाकमा फर्किनुले सबै दल गठबन्धनप्रति प्रतिवद्ध रहेको पुष्टि हुने उनले उल्लेख गरेका छन् ।

गठबन्धनमा फेरिपनि जोखिमको अवस्था आउन नदिन ठूलो दल भएका नाताले कांग्रेस विशेष सतर्कता र सजग हुनुपर्ने आवश्यकता औंल्याएका छन् । महामन्त्री शर्माले एकल बहुमत कसैको पनि नभएको संसदमा गठबन्धनलाई कायम राखेरनै देश र जनताको हितमा काम गर्नुपर्ने अभिभारा कांग्रेसकै भएको दाबी गरेका छन् ।

साथै, कोशी प्रदेशमा पछिल्लो पटक सरकार बनाउँदा र गत राष्ट्रिय सभा चुनावमा माओवादी उम्मेदवार पराजित हुँदा सहयात्री दलले कांग्रेसप्रति असन्तोष प्रकट गरेको स्थितिलाई उनले स्मरण गराएका छन् । उनले उक्त घटनाक्रमलाई गम्भीर समिक्षा गर्न, कमजोरी पहिचान गर्न र
सहमतिपूर्वक निदान पहिल्याउन जरुरी रहेको उल्लेख गरेका छन् ।

राजनैतिक प्रस्तावको पूर्णपाठ पढ्न यहाँ क्लिक गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्