Logo

महासमिति बैठकमा अर्थमन्त्री महतले पेश गरेको नेपालको वर्तमान आर्थिक अवस्थाबारेको प्रतिवेदनमा के छ ? (पूर्णपाठसहित)



काठमाडौं । नेपाली काँग्रेसका प्रवक्ता एवम् नेपाल सरकारका अर्थमन्त्री डा. प्रकाश शरण महतले नेपाली काँग्रेसको महासमिति बैठकमा नेपालको वर्तमान आर्थिक अवस्थाको बारेमा प्रतिवेदन पेश गरेका छन् ।

सोमबारबाट सुरु भएको कांग्रेसको महासमिति बैठकमा मन्त्री महतले समगू देशको आर्थिक अवस्थाको बारेमा प्रतिवेदन पेश गरेका हुन् । महतले आफ्नो प्रतिवेदनमा वित्तीय प्रणालीमा लगानीयोग्य रकम उल्लेख्यरुपमा रहेको उल्लेख गरेका छन् । उनले भनेका छन ‘कर्जाको व्याजदर एकल अंक तर्फ झर्ने क्रममा रहेको छ । यसले आर्थिक वृद्धिकोलागि निजि क्षेत्रमा प्रवाह हुने साधन पर्याप्त रहेको संकेत गर्दछ । लगानी वृद्धि गर्न बजेटको माध्यमबाट लिईएका सुधारका प्रयास र निजि क्षेत्रको मनोबल वृद्धि गर्न चालिएका कदमको कारण आर्थिक गतिविधिमा सुधार आएको छ ’।

मन्त्री महतले देशको अर्थमन्त्रालयको नेतृत्व आफूले गरेदेखि धेरै महत्वपूर्ण सुधारका काम भएका दाबी गरेका छन् । उनले भनेका छन् ‘चालु खर्च नियन्त्रण गर्न र पूँजीगत खर्चको प्रभावकारिता बढाउन स्रोत साधन छर्ने प्रवृति रोक्न आयोजना बर्गीकरणका आधार र मापदण्ड निर्धारण गरिएको छ । बहुबर्षीय ठेक्कामा सहमति दिने मापदण्ड तोक्ने जस्ता काम भएका छन् । आयोजना बैंकमा समावेश भएका कार्यक्रमलाई मात्र आगामी बर्षको बजेटमा समावेश गर्ने व्यवस्था मिलाइएको छ’ । ‘कुशलतापूर्ण विनियोजनको माध्यमबाट सरकारी स्रोत साधनलाई गुणस्तरीय पूर्वाधारमा लगानी गर्ने रणनीति अवलम्वन गरिनेछ । आर्थिक विकासकोलागि उत्पादन बढाउन निजी क्षेत्रलाई आर्थिक वृद्धिको वाहक शक्तिकोरुपमा बिकास गरी सरकारले सेवा प्रवाह, नियमन सुशासन र साधनको सहि वितरणमा केन्द्रित गरिनेछ । यिनै समष्टिगत मार्गचित्रभित्र रही आगामी बर्षको बार्षिक नीति तथा बजेट तर्जुमा प्रक्रियालाई अगाडी बढाइने छ’ उनले भनेका छन् ।

मन्त्री महतले आर्थिक वृद्धिसंगै यसबाट प्राप्त प्रतिफललाई आम नागरिक विशेष गरि पछाडी परेका क्षेत्र वर्ग र समुदायमा पुर्याउनु नेपाली कांग्रेसको लक्ष्य भएको उल्लेख गरेका छन् । ‘सीमित स्रोत साधन र गठबन्धन सरकारको सीमाको परिधिमा रही काम गर्नु पर्ने परिस्थितिले नेपाली कांग्रेसको तर्फबाट सरकारमा प्रतिनिधित्व गरी हामीले यिनै लक्ष्य हासिल गर्ने मनसायका साथ कार्य गरिरहेको विश्वास दिलाउन चाहन्छौ’ उनले भनेका छन् ।

यस्तो छ मन्त्री महतको प्रतिवेदनको पूर्णपाठ



प्रतिक्रिया दिनुहोस्