Logo

कांग्रेस महासमिति बैठकः विश्वप्रकाशको प्रस्तावमा आउन पर्ने कुरा गगनकोमा आएपछि…



काठमाडौं, ९ फागुन । नेपाली कांग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले पार्टीको महासमिति बैठकले नीतिलाई परिष्कृत र परिमार्जित गरेर पार्टीलाई थप उर्जाका साथ अगाडि बढाउने बताएका छन् । हिजो (मंगलबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले पार्टीको १४औं महाधिवेशनले नेतृत्व चयन र विधिमा छलफल गरेपनि नीतिमाथि छलफल नगरेकाले महासमिति बैठकले पार्टीको नीतिबारे स्पष्ट खाका तयार गर्ने बताएका हुन् ।

नेता विश्वकर्माले कांग्रेसले बीपीको समाजवाद छोडेको पो हो की ? प्रजातान्त्रिक समाजवाद भनेर अन्त पो जाँदैछ की ? राजनीतिक दृष्टिकोण स्पष्ट भएनजस्ता विषयहरुलाई यो महासमिति बैठकले परिस्किृत र परिमार्जित गरेर पार्टीको दृष्टिकोण प्रष्ट हुने, संगठनमा तुस्तता आउने र जनतामा विश्वास र भरोषाको वातावरण बन्ने दाबी गरे ।

कांग्रेसभित्र फरक मतलाई जहिले पनि सम्मान हुने उनको दाबी छ । अन्य दलमा जस्तो फरक मत आउनेवित्तिकै पार्टी टुक्रिने र फरक मत ल्याउने नेताबारे राजनीति सकिने भन्ने नहुने उनको दाबी छ । नेता विश्वकर्माले महासमिति बैठकमा प्रस्तावित प्रतिवेदनमा छलफल गर्न चार वटा समूह निर्माण भएको उनले बताए ।

‘अरु पार्टीमा फरक मत ल्याउनेवित्तिकै पार्टी टुक्रिने अथवा त्यस्तो नेताहरुको राजनीति सिद्धिने हुन्छ । कांग्रेसको चाहीँ ११ महाधिवेशनदेखि नै मैले हेरिराखेको छु् नेतृत्वमा फरक–फरक ढंगबाट दृष्टिकोण आउने, फरक–फरक ढंगबाट नेताहरुको प्रष्ट प्रतिस्पर्धा हुने, प्रतिस्पर्धा गर्नेहरुको बीचमा स्वस्थ प्रतिस्पर्धा हुने भएको हुनाले यसपालि पनि महासमिति बैठकमा पदाधिकारीबीचमै पनि सहमति ज्ुट्न निक्कै समय लागेको थियो,’Þ– उनले भने ।

पार्टी पदाधिकारी बैठकमा पनि महामन्त्रीद्वयलाई गठबन्धन नीति हुँदैन, त्यो रणनीति हो । यसलाई अहिले दस्तावेजमा समावेश नगरौं भनेर पार्टी सभापति शेरबहादुर देउवासहितका नेताहरुले सम्झाएको उनले बताए । महामन्त्रीद्वयको प्रस्तावमा सभापति देउवाको सहमति रहेको उनले बताए । नेता विश्वकर्माले महामन्त्रीद्वयको दस्तावेजमा पार्टीका लागि परिपक्व विचार आएको बताए ।

‘कुनै पनि पार्टीको नीति गठबन्धन गरेर जाने भन्ने हुँदैहुँदैन । तत्कालीक परिस्थितिमा त्यो रणनीतिमा जस्तो सुकै पार्टीले पनि जान पर्ने हुन्छ । पार्टी पदाधिकारी लगायत महामन्त्रीलाई गरेको अनुरोध के हो भने ‘तपाईले प्रस्तुत गर्नुभएको नीति होईन, रणनीति हो । रणनीति कुन परिस्थितिमा के गर्नुपर्छ त्यही बेला गरौंला । अहिले नीतिमा नबोलौं’ भन्ने कुरा थियो,’– उनले भने ।

कांग्रेस गठबन्धन दल र सरकारप्रति इमानदार रहेको उनको भनाइ छ । महामन्त्रीद्वयले पेश गरेको दस्तावेज पनि गठबन्धनप्रति इमानदार रहेको उनले बताए । महामन्त्री शर्मा र थापा दुवैले ल्याएको प्रस्ताव सुन्दर रहेको उनको भनाइ छ ।

‘हामीले पाँच वर्षका लागि कसम खाएरै गठबन्धन गरेको हुनाले, संगै भोट मागेरको र संकल्प व्यक्त गरेर हामी लडेको हुनाले हामी इमानदार बन्नुपर्छ भन्ने महामन्त्री गगन थापाको प्रस्ताव छ । वास्तवमा यो विषय आउन पर्ने महामन्त्री विश्वप्रकाश शर्माको दस्तावेजमा । किनभने समसामयिक राजनीतिक हो नि त । उहाँ (विश्वप्रकाश) को दस्तावेजमा के छ भने गठबन्धन गर्दैनौं भन्ने हामीलाई स्वतन्त्रता छ । तर, गठबन्धनमा बसेर स्वतन्त्र विचार राख्ने छुट छैन भन्नु भएको छ । कति इमानदार छौं हामीहरु ?’ उनले भने ।



प्रतिक्रिया दिनुहोस्