Logo

गृहमन्त्री श्रेष्ठको कार्यशैलीप्रति कांग्रेसको आपत्ति छः मीन विश्वकर्मा



काठमाडौं, ९ फागुन । नेपाली कांग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले गृहमन्त्री नारायणकाजी श्रेष्ठको कार्याशैलीप्रति आफूहरुको आपत्ति रहेको बताएका छन् । हिजो (मंगलबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले कांग्रेस गठबन्धन र सरकारप्रति इमानदार भएपनि गृह मन्त्रालय मातहतका कार्यालयहरुको कार्यशैलीप्रति आपत्ति रहेको बताएका हुन् ।

गृह मन्त्रालयले ज्यानमारालाई चाहीँ फरार भनेर शुनिल शर्मा, अरुण चौधरीजस्ता व्यवसायीलाई थुनेको भन्दै उनले आपत्ति जनाए । उनले ज्यानमारालाई चाहीँ पहिला थुन्नेर सुन्नुपर्ने र व्यसायीलाई उनीहरुको कुरा सुनेर दोषी देखिएमात्रै थुन्नुपर्ने बताए । शर्मा, चौधरीलगायतलाई सरकारले किन गिरफ्तार गरेको र अनि किन छोडेको भन्दै उनले प्रश्नसमेत गरे ।

‘शुनिल शर्माको गिरफ्तारी, अरुण चौधरीको गिरफ्तारी, दुर्गा प्रसाईँको गिरफ्तारी । सरकारले किन पक्रेको अनि किन छोडेको ? ज्यानमारालाई पहिले थुन्ने अनि कुरा सुन्ने हो । तर, व्यवसायीहरुलाई चाहीँ पहिले सुन्ने, दोषी देखिएमात्रै थुन्ने हो । ठ्याक्कै उल्टो गरेको छ । ज्यानमारालाई चाहीँ फरार भन्दिने, नथुन्ने, उसको कुरा बाहिर–बाहिरैबाट सुन्ने । गृहमन्त्री मातहतका कार्यालयहरुको कार्यशैली चाहीँ भएन भनेको हो,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्