Logo

स्कुलको भाडा नतिर्ने रास्वपाका प्रदेश सहमहामन्त्री थापा पार्टीबाट निलम्बित



काठमाडौं,९ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कोशी प्रदेशका सहमहामन्त्री लालविक्रम थापा निलम्बित भएका छन् । उनलाई पार्टीको पेज फेसबुक पेज दुरुपयोग गरेको र सामुदायिक विद्यालयको जग्गाको भाडा नतिरेको भन्दै पार्टीले निलम्बन गरेको हो ।

सुनसरीको जनता माध्यमिक बिद्यालय इटहरी-९, सुनसरीको नाममा दर्ता कायम रहेको इटहरी उपमहानगर पालिका वडा न- ९ स्थित करिब २ कट्ठा खाली जग्गा भाडामा लिनेदिने गरि थापा सन्चालक रहेको सनमुन प्लाजा बिच भएको सम्झौता अनुसारको भाडा हाल सम्म नबुझाएको उनीमाथि आरोप रहेका छ ।

थापा गएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा सुनसरी २ बाट उम्मेदवारसमेत बनेका थिए । उनी उक्त क्षेत्रमा नेकपा एमालेका नेता भीम आचार्यसँग पराजित भएका थिए ।

स्कुलको भाडा नतिरेको जानकारी आएपछि सकेसम्म आफै यो मुद्दालाई किनारा लगाउन सुझाव गर्दागर्दै सम्बाद प्रक्रियानै बन्द गरि कोशी प्रदेशको ‘सामाजिक संजाल प्रयोग निर्देशिका २०८०’ को भावना र मर्म बिपरित फेसबुक लाईभ गरि अनर्गल प्रस्तुति दिएको रास्वपाको भनाइ छ ।

‘पार्टीको एक जिम्मेवार ब्यक्ती बाट पार्टी अनुशासनको गम्भीर उल्लंघन गरेको ठहर गरि केन्द्रिय अनुशासन बिभाग ०८०-८१ च-न- ८० मिति २०८०-११-०७ को पत्र अनुसार कोशी प्रदेश समितीको महामन्त्री तथा सद्स्य पद बाट अर्को निर्णय नआईन्जेल सम्मका लागि निलम्बन गरिएको जानकारी गराउदछौ’ विज्ञप्तिमा भनिएको छ । ‘अब उप्रान्त निज लाल बिक्रम थापा बाट रास्वपाको प्रतिनिधि स्वरुप गरिएका पार्टी सङ्ग संबंधित कुनै पनि कार्यहरुलाई आधिकारिकता प्रदान गरिने छैन। अर्को ब्यबस्थापन नभएसम्मका लागि आजकै मितिबाट निजले गर्दै आएको संगठन सम्बन्धी काम कार्बाहीहरु प्रदेश संगठन बिभाग सचिब मार्फत हुने जानकारी गराउदछौ’।



प्रतिक्रिया दिनुहोस्