काठमाडौं, १० फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानबहादुर शाहीले गत फागुन ६ गतेको संसद् बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बालकुमारी घटनालाई हत्या भएको भनेर जानकारी गराएको बताएका छन् ।
आज (बिहीबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले हत्या हो भने भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वाला, गृहमन्त्री नारायणकाजी श्रेष्ठ र गोली हान्ने डीएसपीलाई पक्राउ गरेर जेल हाल्नुपर्ने बताएका छन् । होईन भने प्रधानमन्त्रीले संसद्मा जे पायो त्यही बोल्न नहुने उनको भनाइ छ ।
‘फागुन ६ गते प्रधानमन्त्रीज्यूले संसद्मा जवाफ दिने क्रममा बालकुमारीको घटना हत्या भएको हो भन्नु भएको छ । देशको कार्यकारी प्रमुख प्रधानमन्त्रीले बालकुमारी बालकुमारीको घटना यदि हत्या हो भने आदेश दिने गृहमन्त्री, त्यहाँ जाने भौतिक पूर्वाधार मन्त्री पक्राउ गरेर जेल हिन नहालेको ? हत्या हो भने जेल हाल्नुपर्छ,’– उनले भने ।