काठमाडौं । नेकपा एमालेका सांसद सूर्य थापाले रूस-युक्रेन युद्धमा मारिएका नेपालीको अवस्थाबारे जानकारी गराउन माग गरेका छन् ।
प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा एमाले सांसद थापाले परिवारका सदस्यहरु न श्वास, न आशको अवस्थामा रहेकाले ती नेपालीहरुको अवस्था खोजी गरी नेपाल फिर्ता गर्न सरकारसँग माग गरेका हुन् ।
“नेपालीहरु रुस र युक्रेनका सेनामा भर्ना भएर आपससमा लडिरहेका छन् । यतिका समय बितिसक्दा पनि किन परराष्ट्र मन्त्रालय बोल्दैन ? औपचारिकरुपमा केही जानकारी पाउन सकेको छैन ?”, उनले भने ।