Logo

कवाड ब्यवसाय हटाउने महानगरको निर्णयबाट पीडित ब्यवसायीलाई प्रभु साहको साथ



काठमाडौं, १७ फागुन । आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले काठमाडौं महानगरपालिकाले कवाड ब्यवसायीमाथि गैरकानुनी रुपमा हस्तक्षेप गरेको बताएका छन् । अध्यक्ष साहले कवाड ब्यवसायीहरुको संघर्षमा आफू र आफ्नो दलको पूर्ण समर्थन रहने समेत बताएका छन् ।

काठमाडौं महानगरले कवाड ब्यवसायीमाथि गरेको गैरकानुनी हस्तक्षेप रोक्न आज बृहत भेला सम्पन्न भएको उनले बताए । साथै, भेलाले चरणबद्ध संघर्षका कार्यक्रम घोषणा गरेको र भोलि महानगरको कार्यालयमा ज्ञापनपत्र बुझाइने पनि बताए । नेता साहले ब्यवसाय गर्ने अधिकार सबैलाई रहेको भन्दै उचित विकल्प नदिई कवाड ब्यवसायीहरुलाई हटाउनु गलत हुने उनको भनाइ छ ।

नेता साहले कवाड ब्यवसायीहरुको माग तुरुन्त सम्बोधन गर्नसमेत काठमाडौं महानगरको ध्यानाकार्षण गराएका छन् । उनले कवाड ब्यवसायी र सो पेशामा आवद्ध सबैलाई उच्च मनोवलका साथ काम गर्नसमेत आग्रह गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्