Logo

नयाँ परिस्थितिबारे निर्णय लिने जिम्मा सभापति लामिछानेलाई



काठमाडौं, २१ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टीले विकसित राजनीतिक परिस्थितिबारे निर्णय लिने अधिकार सभापति रवि लामिछानेलाई दिएको छ । आज विहान आकस्मिक रुपमा बसेको सचिवालय बैठकले यस्तो निर्णय लिएको हो ।

एमालेले माओवादी र रास्वपासहित नयाँ गठबन्धन बनाउन गरेको गृहकार्यले सार्थकता पाएको चर्चा छ । माओवादी केन्द्रले कांग्रेससँगको गठबन्धन तोडेर एमालेसँग सहकार्य गर्ने निर्णय गरेको चर्चाबीच रविले पार्टीको सचिवालय बैठक राखेर यस्तो निर्णय लिएका हुन् । file photo



प्रतिक्रिया दिनुहोस्