काठमाडौं,२१ फागुन । नेपाली कांग्रेससहितको सत्ता गठबन्धन भत्किएको छ । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेका अनुसार सोमबारै मन्त्रिपरिषद् समेत पुनर्गठन हुने भएको छ ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा एमालेसहित रास्वपा, जसपा र जनमत सहभागी हुने भएका छन् ।
आइतबार प्रधानमन्त्री प्रचण्ड र नेकपा एमालेका अध्यक्षम केपी शर्मा ओलीसहितका नेताहरुबीच भएको सहमति अनुसार नयाँ सत्ता समिकरण बनाएर अगाडि बढ्ने सहमति भएको हो ।
प्रतिनिधि सभामा एमालेका ७९, माओवादी केन्द्रका ३२ र रास्वपाका २१ जना सांसद छन्। सरकार बनाउन तीन दलको संख्या पर्याप्त छ। सरकार निर्मार्णमा लागि १३८ जना सांसद आवश्यक पर्छ।