Logo

जन्मदिनको मुखैमा माधव नेपाल सत्ता–राजनीतिबाट आउट, प्रचण्डले ओली च्याप्दा तनावमा



काठमाडौं, २१ फागुन । अहिलेको सत्ता गठबन्धन टुट्ने निश्चित् भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले एमाले, रास्वपा र जसपासहितको नयाँ समिकरण बनाएर कांग्रेससँगको गठबन्धन तोडेका छन् । प्रधानमन्त्री दाहालले आजै अहिलेका मन्त्रीहरुलाई बर्खास्त गर्न लागेका छन् ।

नयाँ समिकरणमा आवद्ध दलबाट समेटेर आजै साँझसम्म नयाँ मन्त्रिपरिषद् बनाउने दाहालको तयारी छ । तर, सत्ता गठबन्धनमा अहिलेसम्म रहेको नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल भने तनावमा परेका छन् । प्रधानमन्त्री दाहालले एमालेसँग सत्ता–सहकार्यको हात बढाउन लाग्दापनि माधव नेपालमा बेचैनी थियो ।

उनी कुनैपनि हालतमा यही गठबन्धन कायम गर्नुपर्छ भनेर लागेका थिए । तर, माधव नेपालको सक्रियता काम लागेन । हिजो (आइतबार) मध्यराति नै सत्ता गठबन्धन टुट्ने निर्णायक सहमति भैसकेको थियो । अहिले एमालेसहितको नयाँ गठबन्धन बनाएका प्रधानमन्त्री दाहालले माधव नेपाललाई कुनै भाउ दिएका छैनन् ।

नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) सरकारमा जानेबारे कुनै टुँगो छैन् । यही फागुन २३ गते माधव नेपालको जन्मदिन हो । तर, जन्मदिनको मुखमा उनले सत्ता राजनीतिबाट आउट हुनुपरेको छ । उनी अहिले तनावमा रहेको बुझिएको छ ।



प्रतिक्रिया दिनुहोस्