Logo

रवि-ओलीको सानिध्यताः फेरि गृहमन्त्रीका लागि लविङ



काठमाडौं, २१ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको नेतृत्वमा सरकारमा सहभागी हुने भएको छ । सत्ता गठबन्धनमा आएको फेरबदलसँगै रास्वपाले पनि सरकारमा जाने तयारी गरेको हो । साथै, नेकपा (एमालें) अध्यक्ष केपी शर्मा ओलीले रास्वपा सभापति लामिछानेलाई उपप्रधानसहित गृहमन्त्री बनाउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग प्रस्ताव राखेका छन् ।

गत २०७९ पुस १० मा नयाँ सरकार बन्दा पनि ओलीकै प्रस्तावमा लामिछाने उपप्रधानसहित गृहमन्त्री बनेका थिए । यस पटक पनि ओलीले रविलाई उपप्रधानसहित गृहमन्त्री बनाउने प्रस्ताव गरेका छन् ।

एमाले अध्यक्ष ओलीको प्रस्तावमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि सकारात्मक रहेको बताइएको छ ।



प्रतिक्रिया दिनुहोस्