Logo

नयाँ बन्ने सरकारले देश र जनताको पक्षमा काम गर्न सक्दैनः सिटौला



काठमाडौं, २१ फागुन । नेपाली कांग्रेसका नेता एवं निर्वाचित राष्ट्रिय सभा सदस्य कृष्णप्रसाद सिटौलाले राजनीतिक अस्थिरताले कसैलाई पनि फाइदा नगर्ने बताएका छन् ।

आज (सोमबार) राष्ट्रिय सभा सदस्य पदको शपथ लिएर बाहिरिदै गर्दा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले सत्ता चल्ने, केही मानिसहरु मन्त्री र प्रधानमन्त्री बन्ने तर अस्थिरताले कसैलाई फाइदा नगर्ने बताए ।

‘कुनै घटना, दुर्घटनाबाट हरेस खान हुँदैन । राजनीति हो, चलिरहन्छ । अस्थिरताले कसैलाई फाइदा गर्दैन, यो पक्का हो । सत्ता चल्छ, मन्त्री, प्रधानमन्त्री बन्छन् साथीहरु । जनताको हितमा उल्लेख्य काम होलाजस्तो मलाई लाग्दैन,’– उनले भने ।

साथै, आफूलाई क्षणिक लाभ र हानीको कुरामा ध्यान नरहेको बताए । नेपाली जनता र देशको दीर्घकालीन हितबारे आफूले सोचिरहेको बताए ।



प्रतिक्रिया दिनुहोस्