Logo

पदमुक्त हुने निश्चित हुँदा पनि सिंहदरबारमै व्यस्त सामान्य प्रशासनमन्त्री अनिता



काठमाडौं,२१ फागुन । नेपाली कांग्रेससहितका १० दल मिलेर बनेको यसअघिको सत्ता गठबन्धन दुर्घटनामा परेपछि नयाँ गठबन्धन बनेको छ ।

प्रधानमन्त्ती पुष्पकमल दाहाल प्रचण्डले गत वर्षको फागुनमा बनाएको गठबन्धन तोड्दै एमाले, रास्वपा र जसपासहितका दलसँग मिलेर नयाँ समीकरण बनाएका हुन् । नयाँ समिकरण बनाएका प्रधानमन्त्री प्रचण्डले आजै सानो आकारको मन्त्रीपरिषद् गठन गर्ने तयारी गरेका छन् ।

प्रचण्डले आज नेकपा एमाले, रास्वपा र माओवादीका १ १ जनालाई समेट्दै मन्त्रिमण्डल पुनर्गठन गर्ने तयारी गरेका हुन् । प्रचण्डले आज एमालेका प्रमुख सचेतक पदम गिरी, रास्वपाका उपसभापति डीपी अर्याल र माओवादी केन्द्रका सांसद हितबहादुर तामाङलाई मन्त्री नियुक्त गर्दैछन् ।

पूरानो सत्ता समीकरण बदलेर नयाँ सत्ता गठबन्धन बनेसँगै प्रचण्ड नेतृत्वका सबै मन्त्रीहरु आजै पदमुक्त हुँदैछन् । पदमुक्त हुने निश्चित रहँदापनि एक मन्त्री भने अझैपनि सिंहदरबारमै रहेको पाईएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनिता देवी भने हालसम्म पनि सिंहदरबारमा नै रहेकाी छन् । गत साउनमा जनमत पार्टीको तर्फबाट मन्त्री बनेकी उनी अन्तिम समयसम्म पनि मन्त्रालयमै रहेकी छन् । उनले आजं संघीय निजामती ऐन संसद सचिवालयमा दर्ता गराएकी छन् । सत्ता समीकरण बदलिएपनि मन्त्री देवी भने नियमित काममा नै व्यस्त रहेकी छन् । पदमुक्त हुने भएपनि उनले अन्तिमसम्म जनताको काममै आफ्नो ध्यान रहेको बताएक छन् ।

मन्त्री देवी सत्ता समीकरण फेरबदल भएपनि सोही पदमा यथावत रहन चाहन्छिन् । उनले यसबारेमा पार्टी अध्यक्ष सीके राउतसँग पनि कुराकानी गरेको स्रोतको दाबी छ । राउत नेतृत्वको जनमतलाई सत्ता गठबन्धनमा समेट्न प्रचण्ड र ओली दुवै सहमत भएका छन् । तर, जनमतले भने मधेशको मुख्यमन्त्री आफ्नो पार्टीले पाउनुपर्ने अडान राख्दै आएको छ ।



प्रतिक्रिया दिनुहोस्