काठमाडौं, २१ फागुन । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले आफूहरु एमाले–माओवादी नेतृत्वको सरकारमा सहभागी नहुने बताएका छन् ।
आज (सोमबार) पार्टी सचिवालयको बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् । नेता खनालले नयाँ गठबन्धनको नीति, कार्यक्रम र चरित्रबारे प्रष्ट भएर आफूहरु सरकारमा सहभागी हुने वा नहुने प्रष्ट हुने बताए । अहिले आफूहरु ‘वेट एण्ड सी’ मै बस्ने उनले बताए ।
नेपाली कांग्रेससँग गठबन्धन टुटाएर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमालेसहितको मन्त्रिमण्डल गठनको तयारी थालेका छन् । आजै सानो आकारको मन्त्रिमण्डल गठन हुने बताइएको छ ।