Logo

नवगठित सत्ता गठबन्धनको बैठक बस्दै



काठमाण्डौं, फागुन २२ । नवगठित सत्ता गठबन्धनको बैठक आव्हान गरिएको छ । आज दिउँसो ३ बजे बस्ने गरि बैठक बोलाइएको हो । बैठकमा मन्त्रालय बाँडफाड र गठबन्धनमा अन्यपार्टीलाई सामेल गराउने विषयमा छलफल हुने छ ।

सोमबार नयाँ गठबन्धन तर्फबाट बिना विभागीय मन्त्रीहरु नेकपा (माओवादी केन्द्र)का हितबहादुर तामाङ, नेकपा (एमाले) का पदम गिरी र राष्ट्रिय स्वतन्त्र पार्टीका डोलप्रसाद अर्यालले पद तथा गोपनीयताको सपथ लिएका छन्। बाँकी मन्त्रीबारे आजको बैठकमा निर्णय हुने बताइएको छ ।

मन्त्रालयको भागबन्डा टुङ्गो लगाउन आज दिउँसो २ बजे सत्ता गठबन्धन कार्यदलको बैठक बस्दै छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने कार्यदलको बैठकमा मन्त्रालयको भागबन्डाका विषयमा छलफल हुनेछ ।

मन्त्रीहरूको बाँडफाँडका लागि बनाइएको कार्यदलमा नेकपा (एमाले)का महासचिव शंकर पोखरेल, नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुन, राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वर्णिम वाग्ले र जसपाका नेता राजेन्द्र श्रेष्ठ छन् ।



प्रतिक्रिया दिनुहोस्