काठमाडौं, २२ फागुन । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले पार्टीको केन्द्रीय समितिको बैठक बोलाउन माग गरेका छन् । माओवादीले कांग्रेससँगको गठबन्धन तोडेर एमालेसहित नयाँ गठबन्धन बनाएपछि महरले यस्तो माग गरेका हुन् । उनले पार्टीका सभापति, उपसभापतिहरु र महामन्त्रीहरुको राजनीतिक कौशलताले समेत फेल खाएको टिप्पणी गरेका छन् ।
उनले लेखेका छन्–
प्रचण्ड एमालेको बम्पर उपहारका (५ वर्षे पुरै कार्यकाल प्रधानमन्त्री ,कम्युनिष्ट एकता र कम्युनिष्ट शासन० पछि दौडिदा पुरानो गठबन्धन भत्किएको छ ।यतिवेला काँग्रेसमा सभापति ,उपसभापतिहरु र महामन्त्रीहरुको राजनीतिक कौशलताले समेत फेलखाएको देखिन्छ ।यसर्थ तत्कालिन राजनीतिको बिश्लेषण र विमर्षका लागि पदाधिकारी ,कार्यसम्पादन समितिको बैठक होईन कि केन्द्रीय समितिको बृहत बैठकका माध्यमले आगामी गन्तब्य तयगर्नु पर्दछ ।