काठमाडौं, २२ फागुन । जनता समाजवादी पार्टी (जसपा) का नेता प्रदीप यादवले कांग्रेसको महासमिति बैठकमा हिन्दुराष्ट्रको एजेण्डा आएपछि सत्ता गठबन्धन टुटेको बताएका छन् । आज (मंगलबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुराकानी गर्दै उनले कांग्रेस महासमिति बैठकमा हिन्दुराष्ट्रको एजेण्डा आउँदा मधेशमा धार्मिक र जातीय द्वन्द्वलाई मलजल पुगेको बताए ।
‘कांग्रेसको महासमिति बैठकले जुन निर्णय गर्यो हिन्दु राष्ट्र, मधेश प्रदेशमा जातीय दङ्गा फैलाउनेलगायतका कामहरु भइरहेको छ । जब आगो बलिरहेको थियो, त्यसमा पानी हाल्नुपर्नेमा कांग्रेसले घिउ थप्ने काम गरेको थियो । महासमितिको बैठकबाट नै हिन्दुको एजेण्डा अगाडि बढायो । एकातिर गठबन्धन गर्ने, अर्कोतिर गठबन्धन समाप्त पार्ने निर्णय गर्ने । त्यस कारणले गर्दा यो गठबन्धनको उदय भएको हो,’– उनले भने ।
साथै, संघमा भएको सत्ता समीकरण परिवर्तनसँगै सातै प्रदेशमा उलटफेर हुने उनले बताए । मधेशमा भने आफूहरुको दाबी रहेको बताए ।