Logo

नारायणकाजी गृहमा ‘कमव्याक’ हुने



काठमाडौं, २२ फागुन । निवर्तमान उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ फेरि मन्त्री बन्ने चर्चा सुरु भएको छ । नेकपा (माओवादी केन्द्र) मा श्रेष्ठलाई पुनः उपप्रधानसहित गृह मन्त्रालयको जिम्मा दिनुपर्ने बहस सुरु भएको छ ।

गृहमन्त्रालयको जिम्मेवारीमा श्रेष्ठलाई दोहोर्याउँदा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई काम गर्न सहज हुने माओवादी नेताहरुको भनाइ छ ।

माओवादी सचिव देवेन्द्र पौडेलले यसअघि पनि नारायणकाजी श्रेष्ठले गृहमन्त्रीको रुपमा तुलनात्मक रुपमा राम्रो काम गरेकाले उनलाई दोहार्याउन उपयुक्त हुने बताए । साथै, नारायणकाजीलाई दोहार्याउन पर्छ भन्ने मत पार्टीमा रहेको र उक्त मत जायज नै रहेको बताए ।



प्रतिक्रिया दिनुहोस्