Logo

माधव नेपाल भेटेर निस्किएपछि राजेन्द्र लिङ्देनको प्रतिक्रिया : राप्रपा सत्ताको खेलमा सामेल छैन्, हामी प्रतिपक्षमा हुन्छौं



काठमाडौं, २२ फागुन । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले सत्ताको खेलमा सामेल नभएको प्रतिक्रिया दिएका छन् । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसँगको भेटपछि मिडियाकर्मीहरुसँगको कुराकानीमा उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।

उनले आफू पूर्व प्रधानमन्त्री माधव नेपाल बिरामी भएको थाहा पाएर भेट्न आएको प्रतिक्रिया दिए । उनले आफ्नो दल प्रतिपक्षमै बस्ने पनि स्पष्ट पारे । एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री पुष्पकमल दाहाल माधव नेपाललाई भेटेर निस्किएलगत्तै लिङ्देन कोटेश्वर पुगेका थिए ।

Photo By : Mukunda Kalikote/ReportersNepal



प्रतिक्रिया दिनुहोस्