काठमाडौं, २३ फागुन । नेपाल प्रहरीका पूर्व एआईजी रणबहादुर चन्दले आफूलाई टीका योगीले हनी ट्रयापमा पारेको भन्ने कुरामा कुनै सत्यता नरहेको बताएका छन् । आज (बुधबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी उनले उक्त आरोप झुठो रहेको बताएका हुन् । चन्दले तारा बरालले उक्त गलत कुराको प्रचार–प्रसार गरेको बताए ।
त्यस्तै, उक्त घटनामा जोडिएका राजीव कार्कीले टीका योगी र पूर्व एआईजी चन्दको पक्षमा सत्य बोलेकै कारण तारा बरालले आफूलाई बदनाम गराएको बताए । उनले पूर्व एआईजी चन्दलाई अभियन्ता बराललाई बदनाम गर्नु गलत भएको बताए । कार्कीले आफूलाई अभियन्ता बरालले सामाजिक सञ्जालमा अनावश्यक रुपमा बदनाम गराएर अपराधिसमेत करार गरेको बताए । आफूलाई तारा बरालले मानसिक रुपमा पीडित बनाएको उनको भनाइ छ ।
उनले आफूलाई ताराले एआईजी चन्दलाई अपहरण गर्यो भनेरसमेत उजुरी हालेको बताए । उनले अब आफू तारा बरालविरुद्ध मुद्दा हाल्ने बताए । ‘अब म मुद्दा हाल्छु । मानहानी मेरो पनि भएको छ । तारा बरालसँग अहिलेसम्म मेरो आमन्ने–सामन्ने भएको छैन । अब हुन्छ,’– उनले भने ।