Logo

भाटभटेनीको २७औं शाखा झापाको दमकमा



काठमाडौं, २३ फागुन । भाटभटेनी सुपरमार्केटको २७औं शाखा झापाको दमकमा सञ्चालनमा आएको छ । झापाका भाटभटेनीको यो दोस्रो शाखा हो । बुधबारदेखि दमक –९ मा सञ्चालनमा आएको उक्त शाखाको उद्घाटन अध्यक्ष मीनबहादुर गुरुङले गरे । उक्त शाखामा एक अर्ब ५० करोड बढी लगानी रहेको उनले बताए । उक्त शाखा कोशी प्रदेशमा पाँचौं हो ।

अध्यक्ष गुरुङले आफ्नै देशमा केही गर्नुपर्छ भनेर आफ्नो सम्पूर्ण ऊर्जा देशमै लगाएको बताए । उपभोक्तालाई बजार मूल्यभन्दा सस्तो एवम् गुणस्तरीय सामग्री एकै ठाउँबाट उपलब्ध गराउने आफूहरूको उद्देश्य रहेको उनले बताए । उनले भाटभटेनी व्यवसाय मात्र नभई रोजगारी अभियान पनि भएको बताए ।

स्टोरमा ग्रोसरी, किचनवेयर, रेडिमेट गार्मेन्ट, फुटवेयर, इलेक्ट्रोनिक्स, ब्रान्डेड गार्मेन्ट, ब्रान्डेड फूटवेर, फूडकोर्ट, मल्टिप्लेक्स सिनेमा हल तथा बालबालिकाका लागि किड्स जोन तथा स्केटपार्क लगायतका सुविधा रहेको बताइएको छ ।



प्रतिक्रिया दिनुहोस्