काठमाडौं । डा.बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीले प्रतिगमन विरोधी आन्दोलनको जगमा लोकतन्त्रको रक्षाका लागि बनेको गठबन्धन विघटन भएर नयाँ गठबन्धनसहित पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा पुनः नयाँ सरकार सकारात्मक रुपमा लिन नसक्ने बताएको छ ।
पार्टीका केन्द्रीय कार्यालय प्रमुख रोशन पोखरेलले विज्ञप्ति निकालेर भनेका छन्, ‘सत्ता स्वार्थका लागि हुने सरकार परिवर्तनलाई हाम्रो पार्टीले सकारात्मक रूपमा लिन सक्दैन। यस प्रकारको कुर्सीको खेलप्रति नेपाली जनताको रूची र चासो पनि छैन।’
गत सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेससँग सहकार्य तोड्दै नयाँ समीकरण बनाएका थिए। उक्त समीकरणमा रहेका दलबाट २० सदस्यीय मन्त्रिपरिषद गठनसमेत भइसकेको छ।
सरकार परिवर्तन भएको विषयमा समाजवादी पार्टीले विज्ञप्ति निकालेर आफ्नो धारणा सार्वजनिक गरेको हो।