Logo

लोसपाको पदाधिकारी बैठक आह्वान



काठमाडौं । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को पदाधिकारी बैठक आह्वान भएको छ । पछिल्लो साता केन्द्रको राजनीतिमा भएको परिवर्तन र पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले गरेको विद्रोहपछि लोसपाले बैठक बोलाएको हो ।

फागुन ३० गतेदेखि चैत २ गतेसम्म बस्ने केन्द्रीय समिति बैठकको तयारीबारे छलफल गर्न पदाधिकारी बैठक बोलाइएको हो । बैठकले पार्टीको संरचना, संगठन विस्तार, विधान, भातृ संगठन, राजनीतिक दस्तावेजलगायतका विषयमा छलफल गर्ने जनाइएको छ ।



प्रतिक्रिया दिनुहोस्