Logo

ओलीले प्रचण्डसँग साँवामात्रै होईन, ब्याज र हर्जनासमेत असुल्छन्ः मेटमणि चौधरी



काठमाडौं, २६ फागुन । नेकपा (एकीकृत समाजवादी) का प्रमुख सचेतक मेटमणि चौधरीले वर्तमान सरकारको आयु एक महिना पनि नरहेको दाबी गरेका छन् ।

आज (शनिबार) रिपोर्टर्स क्लब नेपालले विकसित राजनीतिक घटनाक्रमबारे दलको धारणा लिनको आयोजना गरेको साक्षात्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफू वर्तमान सरकार ढाल्न लागिपरेको बताए ।

नेता चौधरीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ केपी ओलीभन्दा पनि अस्थिर व्यक्ति सिद्ध भएको बताए ।

साथै, ओलीले प्रचण्डसँग बदला लिन हिसाब-किताब गरेर बसकेको उनको भनाइ छ । नेता चौधरीले ओलीले साँवा राफसाफमात्रै नभएर ब्याज र हर्जनासमेत असुल गर्न तयार भएर बसेको उनको दाबी छ ।



प्रतिक्रिया दिनुहोस्