काठमाडौं, २६ फागुन । नेकपा (माओवादी केन्द्र) को संसदीय दलको बैठक सुरू भएको छ । सिंहदरबारस्थित् दलको कार्यालयमा भर्खरै बैठक सुरु भएको हो ।
कांग्रेससँगको गठबन्धन तोडेर एमालेसहितको नयाँ गबठन्धन बनाएपछिको विकसित राजनीतिक घट्नाक्रमबारे प्रधानमन्त्री एवम् अध्यक्ष पुष्पकमल दाहालले ब्रिफिङ गरिरहेका छन् । आजको बैठकले राष्ट्रियसभाको २९ फागनुमा हुने निर्वाचनको लागि अध्यक्षको उम्मेद्वार चयनको विषयमा छलफल गर्ने बुझिएको छ ।
Photo By: Mukunda Kalikote/ReportersNepal