काठमाडौं, २६ फागुन । नेकपा (एकीकृत समाजवादी) की नेतृ रामकुमारी झाँक्रीले अदालत, प्रहरी प्रशासनमा भीड हेरेर निर्णय गर्ने प्रवृत्ति हाबी भएको टिप्पणी गरेकी छिन् । आज (शनिबार) काठमाडौँमा आयोजित ‘नेपालमा महिला आन्दोलनको गति र गन्तव्य’ नामक कार्यक्रममा उनले सरकारी निकायमा भीड हेरेर निवेदन लिनेदेखि निर्णय गर्नेसम्मको प्रवृत्ति हाबी भएको बताएकी हुन् ।
साथै, नेतृ झाँक्रीले अहिलेको व्यवस्थालाई नजरअन्दाज गरेर खराब ढङ्गले सोही किसिमको भाष्य खडा गर्ने कामसमेत भइरहेको बताईन् । ठुलो संघर्षबाट आएको व्यवस्थालाई नजरअन्दाज गरेर भाष्य खडा गर्ने गलत काम भइरहेको उनको भनाइ छ ।
साथै, अब बन्ने कानुनमा सामाजिक, सीमा र मर्यादाभन्दा बाहिरका सबै क्रियाकलाप सामाजिक अपराध हुन भनेर परिभाषित गर्नुपर्ने उनको सुझाव छ ।