Logo

इलाम-२ मा हुने उपनिर्वाचनको उम्मेदवारका लागि सुहाङद्वारा दाबी प्रस्तुत



काठमाडौं, २७ फागुन । आगमी वैशाख १५ गते इलाम–२ मा प्रतिनिधि सभा सदस्य चयनका लागि हुने निर्वाचनको उम्मेदवारका लागि नेकपा (एमाले) मा सुहाङ नेम्वाङले दाबेदारी पेश गरेका छन् । उनी स्वर्गीय सुवासचन्द्र नेम्वाङका कान्छो छोरा हुन् । गत भदौ २६ गते सुवास नेम्वाङको निधनपछि उक्त क्षेत्र अहिले प्रतिनिधि सभा सदस्य विहीन छ ।

एमालेले इलाम जिल्ला कमिटीले इलाम २ को उपनिर्वाचनका लागि उम्मेदवार चयनबारे अध्ययन गर्न उपाध्यक्ष उदयबहादुर राईको संयोजकत्वमा सचिव उमेश गुरुङ, उपसचिव विष्णुमाया आचार्य र सदस्यद्वय मुखराज आङ्देम्बे तथा दीपकिशोर लिङ्दम रहेको कार्यदल गठन गरेको थियो ।

उक्त कार्यदलमा सुहाङले निवेदन दिँदै आफ्नो दाबी प्रस्तुत गरेका हुन् । उनले आफू उपनिर्वाचनको प्रतिस्पर्धाका लागि तयार रहेको बताएका छन् ।



प्रतिक्रिया दिनुहोस्