काठमाडौं, २८ फागुन । राप्रपाका नेता ठाकुरमोहन श्रेष्ठले पार्टी कार्यालयमा पिटाई खानुपरेपछि राजनीतिक रुपमा खैलाबैला मच्चिएको छ । प्रहरीको उपल्लो ओहोदा (एआईजी) मा पुगेर रिटार्यड ठाकुरमोहन राप्रपाको राजनीतिमा सक्रिय छन् । उनी अहिले राप्रपाको कार्यसम्पादन समिति सदस्य हुन् ।
बैठकमा ठाकुरमोहनले उपाध्यक्ष विक्रम पाण्डेलाई भ्रष्टाचारी भनेपछि विवाद बढेको र पाण्डेकै आदेशमा युवाहरुको जमातले पिटेको दाबी छ । ठाकुरमोहनले आफूलाई पिटेको भन्दै नेता पाण्डेसहित पाँच जनाविरुद्ध किटानी जाहेरी दिएका छन् । अध्यक्ष राजेन्द्र लिङ्देनले पनि ठाकुरमोहनमाथि भएको आक्रमणको निन्दा गरेका छन् ।
पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र भने चुपचाप देखिएका छन् । पार्टी कार्यालयमै प्रभावशाली नेता ठाकुरमोहनले रामधुलाई खाँदा मिश्र भने गायबजस्तै बनेका छन् । प्रायः साना साना विषयमा सामाजिक सञ्जालमा सक्रिय हुने मिश्र हिजोको पार्टी कार्यालयमा घटित घट्नाप्रति मौन देखेपछि धेरै उनको आलोचना गरेका छन् । file photo