Logo

राप्रपाको जनप्रदर्शन अव चैत २७ गतेदेखि



काठमाडौं, फागुन २९ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सरकारलाई दबाब दिन भन्दै तय गरेको प्रदर्शनको मिति परिवर्तन गरेको छ। चैत १६ गतेका लागि तय भएको काठमाडौं केन्द्रित प्रदर्शन पार्टीको कार्यसम्पादन समितिको बैठकले २७ गतेका लागि सारेको हो।

एसईई परीक्षा चल्ने भएकाले लाखौँ विद्यार्थी, अभिभावकलाई असुविधा पर्ने भन्दै काठमाडौं केन्द्रित जनप्रदर्शनको मिति सारेको पार्टीले जनाएको छ।

राप्रपाले सरकारसमक्ष पेश गरेको ४० बुँदे माग पूरा गराउन जनदबाब सिर्जना गर्न चैत १६ गते काठमाडौंमा जनप्रदर्शन गर्ने तयारी गरेको थियो ।



प्रतिक्रिया दिनुहोस्