, फागुन २९ । आज दुई वटा संसदीय समितिको बैठक बस्दै छ । जसअनुसार अहिले बिहान साढे ११ बजे बस्ने उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा सुर्ती, खैनी तथा गुट्खा उद्योगको पुँजी तथा क्षमता वृद्धिको स्वीकृति सम्बन्धमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग छलफल हुनेछ ।
त्यस्तै मध्यान्ह १२ बजे बस्ने महिला तथा सामाजिक समितिको बैठकमा बालसुधार गृहहरूको व्यवस्थापन र सुधारसँग सम्बन्धित विषयमा विभिन्न मन्त्रालयहरूले गरिरहेका काम कारबाहीका बारेमा छलफल गर्ने कार्यसूची रहेको छ ।