काठमाडौं,३० फागुन । प्रतिनिधि सभा बैठक सुरु हुनुअघि कार्यव्यवस्था तथा परामर्श समितिको बैठक सुरु भएको छ । नयाँ बानेश्वरस्थित शंकर होटलमा बैठक सुरु भएको हो ।
प्रतिनिधिसभाको आजको बैठकका एजेन्डा तय गर्न र आगामी १५ दिनको क्यालेन्डर तय समितिको बैठक बस्न लागेको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज विश्वासको मत लिँदै छन् । यसको कार्यसूची बारे पनि बैठकमा छलफल हुने भएको छ । file photo