Logo

नेताहरुलाई लिङ्देनको सुझावः अब राजा र धर्मलाई गाली गरेर स्यावासी पाउनुहुन्न



काठमाडौं, ३० फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य राजेन्द्र लिङ्देनले अब राजा र धर्मलाई गाली गरेर स्यावासी नपाइने बताएका छन् । आज (बुधबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले राजा, हिन्दु धर्म र तत्कालीन व्यवस्थालाई गाली गरेर वाहीवाही पाउने समय सकिएको बताएका हुन् ।

‘राजालाई धर्मलाई गाली गरेर अब स्यावासी पाउनुहुन्न । त्यो दिन सकियो । कुनै समय थियो–राजा, हिन्दु धर्म र तत्कालीन व्यवस्थालाई गाली गरेर वाहीवाही कमाउने समय थियो । त्यो भ्रमबाट मुक्त हुनुस्,’– उनले भने ।

आफूहरुले वर्तमान सरकारलाई विश्वासको मत नदिनेसमेत उनले बताए । उनले गणतन्त्रलाई लुटतन्त्रको संज्ञा दिए । गणतन्त्रको नाममा लुटिरहने हो भने आफूहरु सडक र संसद्मा विरोध गर्न नछाड्ने उनको चेतावनी छ । उनले आफुहरुको शक्ति पुगेको दिन यो व्यवस्था नै पल्टाउने चेतावनी दिए ।



प्रतिक्रिया दिनुहोस्