Logo

प्रतिनिधि सभाको अर्को बैठक चैत १ गते



काठमाडौं । प्रतिनिधि सभाको बैठक चैत १ गते बस्ने भएको छ । प्रधानमन्त्ती पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिनका लागि डाकिएको बैठकमा सभामुख देवराज घिमिरेले सो जानकारी गराएका हुन् ।

प्रधानमन्त्ती प्रचण्डले तेस्रो पटक विश्वासको मत पाएका छन् । उनले प्रतिनिधि सभामा उपस्थित २६८ जनामध्ये १५७ जनाको समर्थन पाएका छन् । उनलाई नेकपा एमालेसहित, माओवादी केन्द्र, रास्वपा, जसपा, एकीकृत समाजवादी र दुई स्वतन्त्र सांसले मत दिएका छन् ।



प्रतिक्रिया दिनुहोस्