Logo

युवराज ज्ञवालीले खुलाए एमालेले माओवादीसँग सहकार्य गर्नुको कारण



काठमाडौं, १ चैत्र । नेकपा (एमाले) का उपाध्यक्ष युवराज ज्ञवालीले आफ्नो दलले माओवादीसँग सहकार्य गर्नुको मुख्य उद्देश्य ०८४ को निर्वाचनमा एकल बहुमत ल्याउनु रहेको स्पष्ट पारेका छन् । आज (बिहीबार) प्रेस चौतारी दाङद्धारा तुलसीपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै ज्ञवालीले यस्तो बताएका हुन् ।

उनले भने,‘हामी २०८४ मा हुने चुनावमा एकल बहुमत ल्याउँछौँ । सोही उद्देश्यका साथ जनताका काम गर्न माओवादीसँग मिलेर सरकारमा गएका हौं ।’ प्रधानमन्त्री पुष्पकमल दाहालले कांग्रेससँगको सहकार्य तोडेर एमालेसँग सहकार्य गरेपछि एमालेका नेताहरुको विभिन्न धारणा सार्वजनिक भैरहेको छ । कतिपयले अहिलेको दुई दलबीचको सहकार्यबारे आशंका पनि गरिरहेका छन् । तर, उपाध्यक्ष ज्ञवालीले भने यो सहकार्य दीर्घकालिन हुने दाबी गरे । file photo



प्रतिक्रिया दिनुहोस्