काठमाडौं, २ चैत्र । सुन तस्करीसम्बन्धी छानबिन गर्न गठित उच्चस्तरीय आयोगले नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महरालाई मुद्दा चलाउन सिफारिस गरेको छ । महरा पूर्वसभामुख पनि हुन् । डिल्लीराज आचार्य संयोजक रहेको आयोगले महरालाई मुद्दा चलाउन सिफारिस गरेको हो ।
यसबारेमा गृहमन्त्री रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाललाई पनि जानकारी गराईसकेका छन् । प्रधानमन्त्री दाहालले यो प्रकरणमा दोषी देखिएका कसैलाई पनि नछोड्न भन्दै गो–अ–हेड भनेका छन् । प्रधानमन्त्री दाहाललाई विहान जाँचबुझ आयोगको प्रतिवेदन बुझाउने बेलामा गृहमन्त्री लामिछानेले प्रतिवेदनबारे छोटोमा ब्रिफ गरेका थिए ।
सुन तस्करी प्रकरणमा सिआईबीले पनि अनुसन्धानको क्रममा गम्भीर त्रुटि गरेको मन्त्री लामिछानेले बताइसकेका छन् । यसरी त्रुटि गर्ने सम्वद्ध अधिकारीहरुलाई पनि कारबाही गरिने गृह मन्त्रालयको तयारी छ । सुन तस्करी प्रकरणमा यसअघि नै आयोगले महरासँग बयान लिइसकेको छ । भेपमा सुन तस्करी गरेको प्रकरणमा महराका छोरा राहुल भने पूर्पक्षका लागि थुनामा छन् । file photo