Logo

राष्ट्रिय योजना आयोगका ४ सदस्यले दिए राजीनामा



काठमाडौं,२ चैत । राष्ट्रिय योजना आयोगका ४ जना सदस्यले पदबाट राजीनामा दिएका छन् ।

शुक्रबार योजना आयोगका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष उनीहरु पदबाट राजीनामा दिएका हुन् ।

राजीनामा दिनेहरुमा आयोगका सदस्यहरु डा.प्रभु बुढाथोकी, डा.आरपी विच्छा, डा.अनिता शाह ढुंगाना र डा.जयकान्त राउत छन्।

राउन जनमत पार्टीका अध्यक्ष डा सीके राउतका दाई हुन् भने अन्य तीन जना नेपाली कांग्रेसको कोटाबाट सदस्य नियुक्त भएका थिए । सत्ता समीकरण फेरिएसँगै सरकारलाई काम गर्न सहज होस् भनेर उनीहरुले राजीनामा दिएका हुन् ।

आयोगमा अब नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधिहरु समेटिने सम्भावना छ । आयोगको उपाध्यक्षमा माओवादी केन्द्र निकट डा. मिनबहादुर श्रेष्ठ छन् ।



प्रतिक्रिया दिनुहोस्