Logo

संसद्मा कांग्रेसको नारा: सहकारी ठग गृहमन्त्री लामिछाने राजीनामा दे (तस्बिरहरु)



काठमाडौं,२ चैत । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा माग्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संस्मा नाराबाजी गरेको छ ।

सहकारी ठगीमा मुछिएका रास्वपा सभापति रवि लामिछानेलाई गृहमन्त्री बनाएको भन्दै कांग्रेसले उनको राजीनामा मागरे संसद् अवरुद्ध गरेको हो ।

दोस्रो पटक बसेको बैठकमा सभामुख देवराज घिमिरेले लाछिानेलाई राजनीतिक दल सम्बन्धी ऐन प्रस्तुत गर्न अनुमति दिएका थिए । सभामुखले अनुमति दिएलगत्तै कांग्रेस सांसदले बेल घेराउ गर्दै सदन अवरोध गरेका हुन् ।

उनीहरुले गृहमन्त्री राजीनामा दे, सहकारी पीडितलाई न्याय दे लगायतका नाराबाजी गरी वेल घेराउ गरेका हुन् । कांग्रेसको अवरोधसँगै प्रतिनिधि सभाको अर्को बैठक आइतबार ११ बजे बस्नेगरी स्थगित भएको छ ।

तस्बिरहरु: मुकुन्द कालिकोटे/ रिपोर्टर्स नेपाल



प्रतिक्रिया दिनुहोस्