झापा, २ चैत । भारतको पश्चिम बङ्गालको सिलिगुडीस्थित रेल्वे स्टेसनमा दुर्घटनामा परी एक नपाली नागरिकको मृत्यु भएको छ । मृत्यु हुनेमा झापाको भद्रपुर नगरपालिका–५ का ५० वर्षीय विष्णु शर्मा रहेका छन् ।
सिलिगुडीबाट गलगलिया जाने क्रममा ‘कटिहार–सिलगुडी इन्टरसिटी एक्सप्रेस’ रेल चढ्दा बुधबार चिप्लिएर शर्मा घाइते भएका थिए । उनको उपचारका क्रममा आज निधन भएको भद्रपुर मारवाडी सङ्घका अध्यक्ष अजय साहेवालाले जानकारी दिए ।
दुर्घटनामा सख्त घाइते भएका शर्मालाई भारतीय सुरक्षाकर्मीले उपचारका लागि नर्थ बङ्गाल अस्पताल पु¥याएका उनले बताए । मृतक शर्मा भद्रपुर–५ स्थित लक्ष्मीनारायण मन्दिरमा पुजारी थिए । उनको शव कानुनी प्रक्रिया पूरा गरी नेपाल ल्याउन लागिएको अध्यक्ष साहेवालाले बताए । रासस