Logo

उपप्रधानमन्त्री महासेठद्धारा निर्माणाधिन सिद्धबाबा सुरुङमार्गको अनुगमन, बजेटको अभाव नहुने प्रतिबद्धता



काठमाडौं, २ चैत्र । उपप्रधान एवम् एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले निर्माणाधिन सिद्धबाबा सुरुङमार्गको अनुगमन गरेका छन् । आज (शुक्रबार) जम्बो टोलीसहित मन्त्री महासेठले उक्त निर्माणाधिन सुरुङमार्गको अनुगमन गर्दै आगामी ०८३ सालभित्रै सुरुङमार्ग निर्माण गरिसक्न निर्देशन दिएका छन् ।

सो क्रममा उनले परियोजना निर्माण कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनका प्रतिनिधि र आयोजना हेर्ने सडक डिभिजनका इन्जिनियरहरूलाई गुणस्तरमा सम्झौता नगर्न र तोकिएको मितिमा निर्माण पूरा गर्न निर्देशन दिएको उनको सचिवालयले जनाएको छ ।

साथै, उनले परियोजना समयमै सम्पन्न गर्नको लागि बजेटको कुनै अभाव नहुनेपनि प्रतिबद्धता जनाएका थिए । उक्त परियोजनाको लागत भने ७ अर्ब ३४ करोड २१ लाख रुपैयाँ लाग्ने भनिएको छ । तस्विर : दीपन ठाकुर/फेशबुक



प्रतिक्रिया दिनुहोस्