Logo

बालुवाटारमा गठबन्धन कार्यदलको बैठक बस्दै



काठमाडौं, चैत ३ । आज बालुवाटारमा सत्ता गठबन्धन कार्यदलको बैठक बस्दैछ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अहिले बिहान ९ः३० बजे सत्ता गठबन्धनको साझा न्यूनतम कार्यक्रम निर्माणका लागि गठन गरिएको कार्यदलको बैठक बस्न लागेको हो ।

यसअघि हिजो बसेको कार्यदलको बैठकले साझा न्यूनतम नीति तथा कार्यक्रमलाई अन्तिम रूप दिएको थियो । गठबन्धनका शीर्ष नेताहरूसमक्ष छलफलका लागि प्रस्तुत गर्नु अघि कार्यदलका सदस्यहरू छलफलमा जुट्न लागेका हुन् ।

कार्यदलले मस्यौदा बुझाएसँगै शीर्ष तहमा नेताहरूले आन्तरिक छलफल गरी सरकारले मन्त्रिपरिषद्बाट पास गरेपछि साझा न्यूनतम कार्यक्रम कार्यान्वयनमा जाने छ ।



प्रतिक्रिया दिनुहोस्