काठमाडौं, ४ चैत्र । प्रधानमन्त्री पुष्पकमल दाहालले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको चिनियाँ ऋणलाई अनुदानमा बदल्ने बताएका छन् । त्यसको लागि आफूले प्रयास गरिरहेको उनको भनाई छ । नेपाल पत्रकार महासंघले आयोजना गरेको पत्रकारिता सम्मान अर्पण गर्ने कार्यक्रममा प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन् ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको लागि चीनको ठूलो मात्रामा ऋण लिईएको छ । अब २५ प्रतिशत मात्र नभएर सम्पूर्ण ऋणलाई अनुदानमा परिमार्जन गर्न आफू लागिपरेको प्रधानमन्त्री दाहालको भनाई छ ।
उनले पोखराबाट नियमित उडानका लागि पनि विशेष पहल गरिरहेको सुनाए । उनले अब चीनबाट नियमित उडान हुनेपनि विश्वास दिलाए । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नेपालको लागि सेतो हात्ति बनेको भनेर चर्चा भैरहेको बेलामा प्रधानमन्त्री दाहालको यस्तो भनाई आएको हो ।