Logo

‘सोर्सफोर्स’ लगाउन खोज्नेको मूल्याङ्कनमा ०.५ नम्बर घटाइदिने शिक्षामन्त्री श्रेष्ठको चेतावनी



काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले कुनै पनि विषमा सोर्सफोर्स’ लाउन कसैले खोज्छ भने उसको मूल्याङ्कनमा ०।५ नम्बर घटाइदिने चेतावनी दिएकी छन् ।

कुनै विषयलाई लिएर शिक्षा मन्त्रालयमा वा मातहतका निकायहरूमा मेरो नाम लिएर वा पार्टीको मार्फत, कर्मचारीको मार्फत वा कुनै पनि साइनो लाएर कुनै पनि किसिमको अनुचित नियुक्ति वा अनावश्यक सरुवा बढुवाको लागि बार्गेनिङ गर्नेको मुल्याङकनमा ०।५ नम्बर घटाईदिने उनले बताएकी छन् ।

मन्त्री श्रेष्ठले आइतबार सामाजिक सञ्जालमा लेख्दै कहिँकतै पनि भर्ना गर्न वा छात्रवृत्ति पाउन मेरो वा हाम्रा कर्मचारी साथीहरूको नाम लिएर कोही बार्गेनिङ गर्न आयो भने प्रमाण सहित सिधै खबर गर्न पनि उनले आग्रह गरेकी छन् ।

उनले भनेकी छन् ‘शिक्षा मन्त्रालयमा वा मातहतका निकायहरूमा मेरो नाम लिएर वा पार्टीको मार्फत, कर्मचारीको मार्फत वा कुनै पनि साइनो लाएर कुनै पनि किसिमको अनुचित नियुक्ति वा अनावश्यक सरुवा बढुवाको लागि ‘सोर्स फोर्स’ लाउन कसैले खोज्छ भने उसको मूल्याङ्कनमा ०.५ नम्बर घटाइनेछ। ‘सोर्स फोर्स’ वा बार्गेनिङको गन्ध मात्र पनि थाहा पाउनुभयो भने उजुरी गर्नुहोला: [email protected] । हामीले अनुसन्धान गरेर तत्काल कारबाही गर्नेछौँ। कहिँकतै पनि भर्ना गर्न वा छात्रवृत्ति पाउन मेरो वा हाम्रा कर्मचारी साथीहरूको नाम लिएर कोही बार्गेनिङ गर्न आयो भने प्रमाण सहित सिधै मलाई खबर गर्नुहोला। निर्ममतापूर्वक कारबाही हुनेछ। हामीलाई परिणाम चाहिएको छ। प्रचारको पछि हामी लाग्दैनौँ, दुशप्रचारको पछि तपाईँहरू पनि नलागिदिनुहोला ।’



प्रतिक्रिया दिनुहोस्