काठमाडौं, ४ फागुन । गण्डकी प्रदेश सभा सदस्य राजीव गुरुङ (दीपक मनाङ्गे) ले दलको आवद्धता त्याग गरेको बताएका छन् । गण्डकी प्रदेश सभाको सदस्यमा स्वतन्त्र निर्वाचिन मनाङ्गे त्यसपछि नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गरेका थिए । मनाङ्गेले आफूलाई पुनः स्वतन्त्र सांसदको हैसियत दिन भन्दै प्रदेश सभा सचिवालयमा निवेदन दर्ता गराएका छन् ।
‘एकीकृत समाजवादी दलको सांसदको मान्यता र संसदीय अभिलेख सच्याइ स्वतन्त्र सांसदको अभिलेख कायम गरिदिन प्रदेशसभा सचिवलाई निवेदन पेश गर्दछु,’– उनले प्रदेश सभा सचिवालयमा दर्ता गराएको निवेदनमा भनिएको छ ।