काठमाडौं, ४ चैत । नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष बाबुराम भट्टराई पक्षधरले अर्का अध्यक्ष महिन्द्र राय यादव पक्षधरहरु पार्टी छाडेर पलायन भएको निश्कर्ष निकालेको छ । आज (आइतबार) केन्द्रीय कार्यालय तीनकुनेमा बसेको केन्द्रीय कार्यकारिणी समिति बैठकले उक्त निश्कर्ष निकाल्दै महिन्द्र पक्षका नेताहरूको जिम्मेवारीसमेत खोसेको छ ।
एकता समायोजन समितिका संयोजकसमेत रहेका डा. भट्टराईलाई थाहै नदिई माओवादी केन्द्रसँग एकता गर्ने निर्णय भएको बताइएको छ । माओवादीसँग एकता गर्ने उक्त निर्णय प्रथम दृष्टिमै अमान्य रहेको डा. भट्टराई पक्षधरहरुको भनाइ छ । पार्टीको विधान, विधि र प्रक्रियाभन्दा बाहिर गएर एकताको सहमती भएको उनीहरुले जिकिर छ ।