काठमाडौं,५ चैत । सुन तस्करी प्रकरणमा पक्राउ परेका माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्व सभामुख कृष्णबहादुर महरालाई जिल्ला अदालत काठमाडौंमा लगिएको छ । उनलाई सरकारी वकिलको कार्यालयमार्फत जिल्ला अदालतमा पेश गरिएको हो ।
सुन तस्करीको जाँचबुझ गर्न बनेको उच्चस्तरीय छानबिन आयोगले महरालाई कारबाही गर्न सिफारिस गरेपछि उनी आज बिहान कपिलबस्तुबाट पक्राउ परेका थिए । Photo By: Mukunda Kalikote/RN