Logo

गोकूल बास्कोटाको टिप्पणीः विनियोजन विधेकको सिद्धान्त र प्राथमिकता बेवारिसे बच्चाजस्तो



काठमाडौं, ५ चैत । नेकपा (एमाले) का नेता एवं प्रतिनिधि सभा सदस्य गोकूल बास्कोटाले सरकारले आर्थिक वर्ष २०८१/०८२ का लागि पेश भएको विनियोजन विधेयक बेवारिसे बच्चाजस्तो रहेको टिप्पणी गरेका छन् । आज (सोमबार) प्रतिनिधि सभामा उक्त विधेयकको छलफलमा भाग लिँदै उनले उक्त विधेयकमा समावेश भएको सरकारको नीति तथा सिद्धान्त संविधानको मर्म र भावना विपरीत गरेको बताएका हुन् ।

‘विनियोजन विधेयक २०८१ को सिद्धान्त र प्राथमिकता आएको छ । तर, गज्जब भएको छ । एउटा राजनीतिक पात्र, प्रवृत्तिलाई अंगिकार गरेर तयार गरिएको स्क्रिप्ट बदलियो । किनभने पात्रहरु बदलिए । मैले आज सुनेको छु– नयाँ स्क्रिप्ट नयाँ गठबन्धनले लेखेको छ ।’ उनले भने, ‘पहिला त त्यही आउन पर्ने होला । हामी कर्मकाण्डीअन्तर्गत नै छलफल गरेका छौं । यो कस्तो भयो भने अञ्ज पन्त र शिव परियारको गीतको जस्तो । कहाँ थियौं तिमी रङ्गमञ्च उठेपछि आयौं । समयले जवानी लुटेपछि आयौं । के मा छलफल गर्ने ? यो बेवारिसे बच्चाजस्तो भयो । कसले लिने अपनत्व ? जे डकुमेन्टमा हामी छलफल गरिरहेका छौं, यो डकुमेन्ट अर्थमन्त्रीले अपनत्व लिन सक्नुहुन्छ कि हुन्न ?’

नेता बास्कोटाले विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता पुनर्लेखनको आवश्यकता औंल्याएका छन् ।



प्रतिक्रिया दिनुहोस्